बृद्धा तापसीको ‘सांड कि आँख’ टिजर सार्वजनिक

भारतीय फिल्म ‘सांड कि आँख’ को टिजर सार्वजनिक भएको छ । विश्वकै बढि उमेरका शूटर चन्द्रो तोमर र प्रकाशी तोमरको जीवनमा आधारित रहेको फिल्मको टिजरमा तापसी पन्नू र भूमि पेडनेकरलाई देख्न सकिन्छ । फिल्ममा तुषार हीरानन्दानीको निर्देशन रहेको छ । फिल्मको छायांकन  उत्तर भातरको जौहरी गाउँमा गरिएको छ । फिल्ममा तापसी, भूमिको साथमा प्रकाश झा, विनित कुमार लगायत कलाकारहरुको अभिनय रहेको छ ।  फिल्म आगामी दिपावलीको अवसर पारेर रिलिज हुँदैछ ।