सिम्बाको गीत ‘आँख मारे’ सार्वजनिक

भारतीय अभिनेता रणवीर सिंह अभिनित फिल्म सिम्बाको पहिलो गीत ‘आँख मारे’ सार्वजनिक भएको छ । गीतमा रणवीरसँगै सारा अलि खान फिर्चड छिन् । डान्सबिटको गीतमा नेहा ककड, मिका सिंह र कुमार सिहंको स्वर, तन्सि बाग्चीको संगीत र शविर अहमेदको शब्द रहेको छ । फिल्म ‘सिम्बा’ तेलुगूमा बनेको फिल्म ’टेम्पर’ को हिन्दी रिमेक फिल्म हो । रोहित शेट्टी निर्देशित फिल्म आउँदो डिसेम्बर २८ मा रिलिज हुनेछ ।