क्यान्सर जितेर फिल्ममा फर्किइन् सोनाली

बलिउड अभिनेत्री सोनाली बेन्द्रे क्यान्सर रोगको चार महिनाको सफल उपचारपछि काममा फर्किएकी छन् । न्युयोर्कमा उपचार गरेर भारत फर्किएकी सोनाली पुनः फिल्म क्षेत्रमा ब्यस्त हुन थालेकी छिन् । उनले सामाजिक सञ्जालमा सुटिङ सेटको तस्बिर पोस्ट गर्दै कमब्याकको खबर आफ्ना फ्यानलाई दिएकी हुन् ।

उनले तस्बिरको साथमा लेखेकी छिन्, ‘लामो आरामपछि सेटमा आइरहेको छु । फेरि काममा फर्कंदा अचम्मको महसुस भइरहेको छ । मेरो साथमा मनको भावना पोख्नका लागि शब्द नै छैन । क्यामेरालाई दोस्रोपटक फेस गर्नु अलग अनुभव हो ।’ उनले पछिल्लो केही महिनादेखि आफ्नो भावना मर्दै गइरहेको भए पनि पछिल्लो समय काम गर्ने आत्मविश्वास जागेको बताएकी छिन् ।