‘सुपर ३०’बाट हटाइयो रामायणको किस्सा

बिहारका गणितिज्ञ आनन्द कुमारको जीवनमा आधारित फिल्म ‘सुपर ३०’ भोली अर्थात जुलाई १२ बाट प्रदर्शनमा आउने छ । फिल्ममा रामायणको केही किस्सा समेटिएको थियो तर सीबिएफसीले रामायणका हुबहु सम्बाद प्रयोग गरेको भन्दै फिल्मबाट उक्त केही सम्बाद हटाएको छ र फिल्मलाइ युनिभर्सल सर्टिफिकेट दिएको छ ।

साथै फिल्ममा समावेस गीतको नृत्यमा समेत परिवर्तन भएको छ । ‘पैसा’ बोलको गीतबाट दुइवटा सिन हटाइएको भारतीय संचारमाध्यमले उल्लेख गरेको छ । १५४ मिनेटको फिल्मको निर्देशन विकाश बहलले गरेका छन् भने फिल्मको मुख्य भूमिकामा ऋतिक रोशन र मृणाल ठाकुर रहेका छन्।