एक साथ बस्छन्, सुशान्त र रिया

एक अर्कालाइ सिंगल बताउदै आएका भारतीय अभिनेता सुशान्त सिंह राजपुत र अभिनेत्री रिया चक्रवर्ती प्रेममा छन् । प्रायजसो इभेन्टमा एकसाथ देखिदै आएका सुशान्त र रिया बेला बखतमा लुकीलुकी छुट्टी मनाउन विदेश समेत पुग्ने गर्छन् । हालै मात्रै सुशान्त प्रेमिका रियाको घरमा ‘सिफ्ट’ भएको भारतीय संचार माध्यमले बताएको छ । उनी एक हप्ता पहिले मात्रै बान्द्रास्थित रियाको घरमा सरेका हुन् ।

यसअघि सुशान्त टिभी एक्ट्रेस अंकिता लोखन्डेसँग प्रेममा थिए । उनको अभिनेत्री कृति सेननसँग पनि प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो । त्यस्तै उनको नाम अभिनेत्री साराअलि खानसँग पनि जोडिएको थियो । सारा र सुशान्तले फिल्म केदारनाथमा स्क्रिन शेयर समेत गरेका थिए ।