अक्षय कुमार र सिद्दीकीबीच ५ सय करोड दोहोरी

केहि दिन यता अभिनेता अक्षय कुमार र युट्युण्बर रशिद सिद्दीकीबीच दोहोरी चलिरहेको छ । उनीहरुबीच अक्षय कुमारले लगाएको ५ सय करोड क्षतिपूर्ति दाबी निरर्थक र अनावश्यक भएको भन्दै दोहोरी रोकिएको छैन । घमासन दोहारीमा अक्षय र रशिदबीच विवाद चर्किने नै परेको छ ।
एफएफ न्युजु नामक युट्युब च्यानल चलाउँदै आएका युट्युबर रशिदले आफ्नो युटुव च्यानलमा दिवगन्त बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या विषयमा टिप्पणी राख्ने क्रममा आफूमाथि झुटो र आधारहिन आरोप लगाएको भन्दै अक्षयले मुद्दा अदालतमा हालेका छन् । आफ्नो मानहानी भएको भन्दै युटुबर बिरुद्ध अक्षयले ५ सय करोडको मुद्धा हालेका थिए ।

अक्षयले एक मिडियामा दिएको अन्तरवार्ताका अनुसार,‘ उक्त भिडियोमा झुटो, अपमानजनक र आधारहीन कुरा गरिएको छ । जसका कारण आफुलाई निकै तनाव बढेको छ। नाम, इज्जत, प्रतिष्ठान र सद्भावनामा ठेस पुर्याएकोले आफुले युटुवर बिरुद्ध मुद्धा हालेको हो।’ अक्षयले यसको क्षतिपूर्ति स्वरुप ५ सय करोड माग राखेका छन् ।
यता अक्षयले आफु बिरुद्ध मानहानी लगायतको मुद्धा दायर गरेपछि युट्युबर सिद्दीकीले आपत्ती जनाएका छन् । उनले आफुलाई मानहानीको मुद्धा नलागेको बताएका छन् ।
हालै युट्युबर सिद्दीकीका अधिवक्ता अनुसार, अक्षयले लगाएको आरोप झुटो, कठोर, दमनकारी र उत्पीडन गर्ने अभिप्राय बताएका छन् ।