‘रिसाउ न त रिसाउ’

काठमाडौं- गायक प्रताप दासको स्वरमा ‘रिसाउ न त रिसाउ’ गीत सार्वजनिक भएको छ । भिडियोको छायांकन अमेरिकामा गरिएको छ । भिडियोमा दिनेश खनाल र बिष्णु मिश्रको अभिनय छ । गीतमा रविन बिष्ट र कृष्ण कार्कीको स्वर, नविन कार्कीको शब्द छ ।भिडियोमा शैलेश घलेको छायांकन, बिष्णु खड्काको सम्पादन छ । बिक्की पुलामीले यो भिडियोको निर्देशन गरेका हुन् ।