दिलीप र गरिमा अभिनित ‘माछीले चलायो पानी’

काठमाडौँ- रामकृष्ण ढकाल र अन्जु पन्तको स्वर रहेको गीत ‘माछीले चलायो पानी’ सार्वजनिक भएको छ । ऋषिराम देवकोटाको शब्द रहेको गीतमा आलोक श्रीको संगीत छ ।

भिडिओमा दिलीप रायमाझी र गरिमा शर्माको अभिनय रहेको छ । गुञ्जन इन्टरटेन्मेन्टले निर्माण गरेको भिडिओमा नवराज उप्रेतीको छायाङ्कन, भरत रेग्मीको सम्पादन छ । भिडियोको निर्देशन मौसम हिमालले गरेका हुन् ।