‘चुपचाप’मा नम्रता र रोशनको प्रेम

काठमाडौं- नायिका तथा मोडल नम्रता सापकोटा र गायक तथा मोडल रोशन अधिकारीको ‘चुपचाप’बोलको गीत बजारमा आएको छ । द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको सोही म्युजिक भिडियो शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीतकार एवं संगीतकार अर्जुन पोखरेल, निर्देशक विधान कार्की र मोडल नम्रता सापकोटाले गीतको भिडियो सार्वजनिक गरे । नेपासिनेले द डिभाइन म्युजिकसँगको सहकार्यमा तयार पारेको यो गीतमा रोशन अधिकारी र अस्मिता अधिकारीको स्वर छ । गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत भरेका छन् । यो गीतको भिडिओमा मोडलद्धय रोशन अधिकारी र नम्रता सापकोेटाले अभिनय गरेका छन् । पत्रकार सम्मेलनमा उपस्थित नायिका नम्रताले यो गीतको भाव अनुसार आफूले काम गरेको बताइन् ।

निर्देशक विधान कार्कीले भिडियोलाई रोमान्टिक शैलीमा तयार पारेका छन् । उनले रोशन र नम्रताको केमेष्ट्रीलाई गज्जबले उतारेका छन् । भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । भिडियोका एसोसियट निर्देशक माधव शर्मा हुन् ।