‘आयो दशैं’ बोलको गीतमा पुष्प र तनुजा

काठमाडौं- गायक नरेश रेग्मीले दशैं नयाँ गीत ‘आयो दशैं’ सार्वजनिक गरेका छन् । यो गीतमा नरेश र गायिका देवी घर्तीको स्वर छ । गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा नायक पुष्प खड्का र नव–मोडल तनुजा वलीको अभिनय छ । तनुजाले यही गीतबाट म्युजिक भिडियोमा डेब्यू समेत गरेकी हुन् ।

नरेशले १५ बर्षदेखि सांगीतिक क्षेत्रमा आफूलाई अगाडि बढाएका छन् । उनले एक दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन् । साथै, अष्ट्रेलियामा रहेर उनी गीतसंगीतमा सक्रिय छन् । यो गीतको भिडियोलाई विक्रम चौंहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।