विजय र जानुका अभिनित ‘छरेर ढुङ्गामा मायाको बिउ’

काठमाडौँ- गायक जनक विवश न्यौपानेको स्वर रहेको ‘छरेर ढुङ्गामा मायाको बिउ’ गीतको भिडियो सार्वजनिक भएको छ । देवराज आचार्यको छायाङ्कन तथा निर्देशन, पदम सुवेदीको सम्पादन भिडिओमा रहेको छ ।

गोविन्द बर्देवाको शब्द तथा जनक कै संगीत रहेको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ । भिडियोमा विजय पुन मगर, जानुका नेपाल, आर्यन कार्की साथै बाल कलाकार आदित्य आर एल डिसी र निशान नेपाल समेत अभिनय समावेश छ ।