‘बेरुवाको औंठी’मा प्रकाश र आँचल

 

काठमाडौं– गायन संगै अभिनय मार्फत दर्शक सोर्ताको मन जित्त्दै आएका गायक प्रकाश सपुत र चर्चित नायिका आँचल शर्मा अभिनित ‘बेरुवाको औंठी’ म्युजिक भिडियो सार्वजनिक भएको छ। लोक फ्लेवरको यस गीतमा चर्चित गायिका मेलिना राई र अमेरिका निवासी गायक लोक पौडेलको रहेको छ। करिव ५ महिना अघि निलो कुर्ताले बोलको गीतमा अपार सपलतापछि गायक लोक पौडेल र गायिका मेलिना राई फेरि एकसाथ बेरुवाको औंठी लिएर आएका छन्।

यस गीतमा चर्चित संगीतकार दिपक शर्माको शब्द र संगीत रहेको छ भने नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन्। अनिल के मानन्धरले छायांकन गरेका छन् ।भिडियोमा गायक प्रकाश सपुत र नायिका आँचल शर्माको उत्कृष्ट अभिनय रहेको छ। भिडियोमा रुजु शर्मा र अनिल आचार्यको समेत अभिनय रहेको छ। भिडियोमा पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ। बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो। मिरा मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।