अष्ट्रेलिया र क्यानडामा धेरै कमाइ गर्ने पहिलो हिन्दी फिल्म 'एनिमल'

बलिउडको एक्शन थ्रिलर फिल्म 'एनिमल'को क्रेज अन्त्य हुन सकेको छैन । 

सन्दीप रेड्डीको निर्देशनमा बनेको यो फिल्मले भारतमा मात्रै होइन देशबाहिर पनि हलचल मचाएको छ । अब यसले नयाँ नयाँ रेकर्ड बनाएको छ । एनिमल फिल्मले अस्ट्रेलिया र क्यानडामा हालसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको 'एनिमल' फिल्मको सामाजिक सञ्जालमा जानकारी दिएको छ । यसअघि यो स्थिति शाहरुख खानको फिल्म पठानको नाममा थियो ।

एक रिपोर्ट अनुसार, एनिमल फिल्मले अष्ट्रेलियामा लगभग ४७ लाख ५० हजार डलर र क्यानडामा लगभग ६१ लाख ३५ हजार डलर कमाई गरेको छ । यो कमाइ रिलीजको १८ दिन भित्रको हो ।

यो फिल्म हलमा आएको १८ दिन भइसकेको छ र अझै पनि यो फिल्म हेर्नको लागि ठूलो संख्यामा दर्शक हलमा पुगिरहेका छन् । रणवीर कपूर र बबी देओलको यो फिल्म  ‘साम बहादुर’ फिल्मसँगै डिसेम्बर १ मा हलमा रिलिज भएको थियो ।

रणवीर र बबीको यो फिल्म हिन्दी बाहेक तमिल र तेलुगु भाषामा पनि रिलिज भएको छ । तमिल भाषामा फिल्मको कलेक्शन राम्रो थियो तर हिन्दी र तेलुगुमा फिल्मले ठूलो कमाइ गरेको थियो । आइतवार अर्थात् १७ औं दिन फिल्मको कमाई करिब १३.५ करोड रहेको थियो भने सोमबार पनि राम्रो कमाई गरेको थियो । अहिले सम्म हिन्दी भाषामा ४६९.७९ करोड कमाइसकेको बताइएको छ ।

एनिमल फिल्मले हलमा कमाउन मात्र ३ दिन बाँकी छ । वर्षको अन्त्यसँगै शाहरुख खानको  ‘डंकी’ र प्रभासको ‘सालार’ क्रिसमसको अवसरमा रिलिज हुँदैछन् । यी फिल्महरू डिसेम्बर २२ मा हलमा रिलिज हुनेछन्।