‘फाइटर’को गीतमा ऋतिकसँग छल्किएको दीपिकाको कामुकता

जनवरी २५ तारिखबाट रिलिजमा आउन लागेको बलिउड फिल्म ‘फाइटर’को दोस्रो गीत ‘इश्क जैसा कुच’ सार्वजनिक गरिएको छ ।

टि सिरिजको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा मुख्य कलाकारहरू ऋतिक रोशन र दीपिका पादुकोणले अभिनय गरेका छन् । भिडियोमा दीपिकालाई हट देखाइएको छ । 

सार्वजनिक भिडियोमा ऋतिकसँग दीपिकाको कामुकता छल्किएको छ । तर, गीतको भिडियो हेर्दा फिल्म ‘ब्याङ ब्याङ र पठान’को गीतको याद दर्शकलाई आउन सक्छ । 

सिद्धार्थ आनन्दको फिल्म भएकाले पनि गीतमा उनका अघिल्लो फिल्मको झल्को आएको छ । यो फिल्ममा ऋतिक र दीपिकाको साथमा अनिल कपुर, करण सिंह ग्रोबर र अक्षय ओबरायले अभिनय गरेका छन् । 

यो गीतमा विशाल एन्ड शेयर, शिल्पा रावको स्वर, विशाल एण्ड शेखरको शब्द, कुमारको संगीत छ ।