'सालार' बन्यो भारतीय सिनेमाकै सबैभन्दा ठुलो ओपनर फिल्म

लामो समयको प्रतीक्षापछि २२ डिसेम्बरमा फिल्म ‘सालारः पार्ट वान–सिजफायर’ हलहरुमा रिलिज भएको छ ।

प्रभास अभिनीत यो फिल्मले पहिलो दिनमा दर्शकबाट अत्यधिक प्रतिक्रिया पाएको थियो र दर्शकको भीड हलमा जम्मा भएको थियो । यससँगै उद्‍घाटनको दिन ‘सालार’मा नोटको भारी वर्षा भएको छ । सालारले रिलिजको पहिलो दिन कति करोडको ओपनिङ गरेको छ भन्ने जानकारी गरौँ ।

कति करोडमा ओपनिङ भयो त ‘सालार’को ?
यसअघिका धेरै फिल्मको खराब प्रदर्शनपछि प्रभासले  ‘सालार’ मार्फत उत्कृष्ट कमब्याक गरेका थिए । यस अभिनेताको फिल्मलाई दर्शकले खुल्ला हातले स्वागत गरेका छन् । यो एक्सन थ्रिलरको क्रेज फ्यानमा यति धेरै थियो कि पहिलो दिन नै फिल्म हेर्न हलमा दर्शकको लामो लाइन देखिएको थियो भने प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्मको सामाजिक सञ्जालमा निकै प्रशंसा भएको थियो । अब ‘सालार’ को रिलिजको पहिलो दिनको कमाइको प्रारम्भिक तथ्याङ्क आएको छ ।

सैकनिल्ककाे प्रारम्भिक ट्रेन्ड रिपोर्ट  उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले ‘सालार’ ले रिलिजको पहिलो दिनमा ९५ करोडको ओपनिङ गरेको छ। यद्यपि यी प्रारम्भिक तथ्याङ्क हुन्, आधिकारिक तथ्याङ्कको आगमन पछि केही परिवर्तन हुन सक्छ। र, याे भारतीय फिल्मकाे इतिहासमा नै अहिलेसम्मकै सबैभन्दा बढी र आश्चर्यचकित आोपनिङ पनि हाे ।

‘सालार’ ले रिलिजको पहिलो दिन ९५ करोडको ओपनिङ गरेर पठान, जवान, डंकीलगायत धेरै फिल्मको रेकर्ड तोडेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन ।  योसँगै प्रभासको फिल्म यो वर्षकै सबैभन्दा ठूलो ओपनर बनेको छ । यी फिल्मको पहिलो दिनको कलेक्शनको बारेमा कुरा गर्दै सकनिल्को रिपोर्टले जनाएको छ । 

सालारले पहिलो दिन ९५ करोडमा ओपन गरेको छ भने शाहरुखको जवानको पहिलो दिनको कमाई ६५.५ करोड रुपैयाँ थियो भने शाहरुखकै पठानले पहिलो दिन ५५ करोड कमाएको थियो ।

यसै गरी रणवीर कपुरको 'एनिमल'को पहिलो दिनको कमाई ५४.७५ करोड थियो भने प्रशान्त निलकै 'केजीएफ च्याप्टर– २' ले ५३.५ करोड रूपैयाँ संकलन गरेको थियो ।

पान इन्डिया फिल्म ‘सलार’ लाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । यस फिल्ममा प्रभास, पृथ्वीराज सुकुमारन र श्रुति हसन, जगपति बाबु रेड्डीलगायत धेरै कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।