शाहरुखको 'डंकी'ले कमायो १०३ करोड रुपैयाँ

बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म 'डंकी' हलमा रिलिज भएको तीन दिन बितेको छ । यस वर्ष शाहरुखका पठान र जवान जस्ता फिल्म रिलिज भएपछि डंकीबाट पनि धेरै अपेक्षाहरू रहेका थिए । रिलिज हुने बित्तिकै डंकीले बक्स अफिसमा ठूलो कलेक्सन गरेको छ । 

पहिलो दिन फिल्मको बक्स अफिस कलेक्सन ३५.२३ करोड कमाई गरेको डंकीले तीन दिनमा १ सय ३‍.४ करोड कमाएको रेड चिल्ली इन्टरटेन्टमेन्टले जानकारी दिएको छ ।

शाहरुखको डंकी रिलिज भएको दोस्रो दिन बाहुबली स्टार प्रभासको फिल्म 'सालार'को रिलिजले डंकीको कलेक्शनलाई असर भने गरेको छ । सालार रिलिज भएसँगै डंकीको दोस्रो दिनको कलेक्सन झण्डै ३० करोडमा झरेको थियो तर रिलिजको तेस्रो दिन फिल्मले फेरि एकपटक गति लिएको छ । साताको अन्त्यका कारण दोस्रो दिनको तुलनामा तेस्रो दिन फिल्मको कलेक्शन बढेको मानिएको छ ।

तेस्रो दिनको कलेक्शनको कुरा गर्दा फिल्मले सप्ताहन्तमा राम्रो नाफा कमाएको छ । सालार रिलिजका कारण दोस्रो दिन फिल्मको कमाई घटेपछि तेस्रो दिन डंकीले उत्कृष्ट कलेक्सन गरेको छ । तेस्रो दिन शाहरुखको डङ्कीले करिब २८ करोड कमाएको छ । योसँगै फिल्मको हालसम्म कुल कमाई करिब १०३ करोड रूपैयाँ पुगेको हो । चौथो दिन पनि चलचित्रले सप्ताहन्तको फाइदा लिन सक्ने अनुमान गरिएको छ ।

तर, कमाईको मामिलामा यो वर्ष रिलिज भएको शाहरुखको फिल्म पठान र जवानको तुलनामा डंकी दुवै फिल्मभन्दा निकै पछाडि रहेका छन् । पठानले तेस्रो दिन बक्स अफिसमा ३८ करोड भारु कलेक्सन गरेको थियो, त्यसपछि पहिलो तीन दिनमा फिल्मको कुल कमाई १६१ करोड पुगेको थियो । जवानको कुरा गर्दा तेस्रो दिन करिब ६८ करोड कलेक्सन भएको थियो भने पहिलो तीन दिनको कुल कमाई १८० करोडको हाराहारीमा थियो ।

राजकुमार हिरानी निर्देशित डंकीको बजेट १२० करोड रहेको छ । यसअघि राजकुमार हिरानीले मुन्नाभाई एमबीबीएस, पीके र थ्री इडियट्स जस्ता सुपरहिट फिल्मका निर्देशकका रूपमा उद्योगमा विशेष स्थान राखेका छन् । डंकीको स्टार कास्टको कुरा गर्दा किंग खान बाहेक तापसी पन्नु, बोमन इरानी, ​​सतीश शाह र विक्रम कोचर पनि मुख्य भूमिकामा छन् ।